स्थानीय निर्वाचनको लागि एमालेको घोषणा पत्र तयारीको काम सुरु

काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचन केन्द्रीत घोषणा पत्रको तयारीको काम सुरु गरेको छ । घोषणापत्रका विषयवस्तु टुङ्ग्याउन महारजगञ्ज स्थित रोयल व्याक्वेटमा पार्टीको नीति अनुसन्धान विभागका प्रमुख वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक सुरु भएको हो ।

बैठकमा पार्टीका उपाध्यक्षहरु, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु, सचिवहरु, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्प कडेल, पुननिर्माण प्राधिकरणका निर्देशक सुशिल ज्ञवाली लगायत सहभागी हुनुहुन्छ ।

पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार आजका सहभागीहरुले विगतको निर्वाचनको घोषणा पत्रको समिक्षा र नयाँ समेट्नु पर्ने विषयमा केही प्रस्तावहरु तयार गर्नेछ ।

पाँचवर्षको अवधीमा स्थानीय तहमा देखिएका राम्रा पक्ष र सुधारका पक्षहरुलाई समेत समेट्नका लागि गाउँपालिका महासंघ र नगरपालिका संघका अधयक्षहरुलाई पनि बैठकमा डाकिएको छ ।

एक हप्ता भित्र घोषणा पत्र तयार गरेर आगामी ९ गते देखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने एमालेको तयारी छ ।