सुर्खेत । नेता ठम्मर विष्टले कर्णाली प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) त्याग गरेको सनाखत गर्नुभएको छ ।
यसअघि कर्णाली प्रदेश सभामा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रहनुभएका विष्टले पार्टीका सबै जिम्मेवारीबाट राजिनामा गर्नुभएको हो ।
नेपालको संविधानअनुसार साँसद्ले राजिनामा दिएमा दल त्याग गरेको सनाखत गर्नुपर्ने हुन्छ ।
संविधानको धारा १८० (क) अनुसार अब विष्टको पद रिक्त भएको छ ।
विष्टले काठमाडौंमा राजिनामा घोषणा गरि इमेलमार्फत पत्र प्रदेश सभा सचिवालयमा पठाउनुभएको थियोे ।
खबर बजार । ४ चैत्र २०७८, शुक्रबार १७:४३