काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस । नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरुआत भएको दिनको स्मरणमा बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
जहानियाँ राणा शासनकै समयमा २००६ बैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बन्नुभएको थियो ।
पुष्पलालले नेतृत्व गरेको त्यहि नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताको पार्टीको रुपमा आफू रहेको नेकपा (एमाले) ले दावी गर्ने गरेको छ ।
स्थापनाको सात दशकको इतिहासमा पटक–पटक कम्युनिष्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिष्ट आन्दोलनले गति पाएको थियो । एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा (माओवादी) ले हिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए ।
२०७४ को आम निर्वाचनमा यी दुई पार्टी एकीकरणसहित चुनावी मैदानमा होमिए । जसमा नेपाल कम्युनिस्ट पार्टीले करिव दुई तिहाई मत पाएको थियो । तर एकीकरणको तीन वर्ष नपुग्दै पार्टीहरु पुरानै अवस्थामा पुगेका छन् ।
खबर बजार । ८ चैत्र २०७८, मंगलवार ०९:०७