प्रचण्डको प्रतिवेदनमाथि छलफल मंगलबार दिनभर

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको समूहगत छलफल भोलि मंगलबार देखि शुरु हुने भएको छ ।

प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाएको माओवादी केन्द्रले भोलि मंगलबार दिनभर छलफल गर्ने र पर्सी बुधबार समूहको निष्कर्ष सुनाउने कार्यतालिका छ ।

विभिन्न नेताहरूले संयोजन गर्ने गरी प्रदेशगत, जनवर्गीय संगठन र विभागहरू सम्मिलित समूह बनाएर छलफलका लागि स्थानहरू तोकिएको छ ।