

२४ मंसिर, काठमाडौं : नेकपा माओवादी केन्द्रले १४ जना समानुपातिक सांसदको सूची निर्वाचन आयोगसमक्ष पेस गरेको छ।
माओवादीले पेस गरेको सूचीमा आदिवासी महिलातर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ पर्नु भएको छ।
त्यस्तै खस आर्य महिलातर्फ ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्मा पर्नु भएको छ । थारू महिलातर्फ रुपा सोसी चौधरी, दलित पुरुषबाट रणेन्द्र बराली, दलित महिलातर्फ सुशिला सेर्पाली ठकुरी पर्नु भएको छ।
खस आर्य पुरुषतर्फ हितराज पाण्डेको नाम छ। मधेसी महिलातर्फबाट मीना यादवको नाम समेटिएको छ। मीना नेपाल समाजवादी पार्टीको कोटामा पर्नु भएको हो। मुस्लिम महिलाकोटाबाट उमरावती देवी यादव र कल्पना मियाँ पर्नु भएको छ ।

खबर बजार । २४ मंसिर २०७९, शनिबार १८:१६