कर्णाली प्रदेश सरकारद्धारा पाँच महिनाको प्रगति विवरण सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो पाँच महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । पाँच महिनाको अवधिमा स्वास्थ्यदेखि वित्तीय प्रगतिको विवरण मुख्यमन्त्री पत्रकार भेटघाट कार्यक्रमबाट सार्वजनिक गरेका हुन् ।


कार्यक्रममा मुख्य मन्त्री जीवनबहादुर शाहीले हालसम्म प्रदेश भर ११.५ किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिए । मुख्य मन्त्री शाहीका अनुसार प्रदेश भ एकसय ७० किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ भने ३० किलोमिटर सडक स्तरोन्नति साथै सात वटा सडक पुल बनेका छन् ।

यस्तै, जनता आवास कार्यक्रम अन्तर्गत यस अवधिमा कुल ६१३ आवास निर्माण सम्पन्न भएका छन् भने ९७० इकाई निर्माण कार्य सम्झौता भई कार्यान्वयनमा रहेका छन् । थप २०० घरधूरी जनता आवास कार्यक्रम अन्र्तगत र विपन्न आवास कार्यक्रममार्फत २०० गरेर ४०० घरधूरी विपन्न परिवारको घर निर्माणका लागि छनोट प्रक्रियामा रहेका मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो ।

रुकुम पश्चिम, सल्यान, डोल्पा, हुम्ला र दैलेख जिल्ला अस्पताल भवन निर्माणले गति लिएको छ । प्रदेशभरका ६६ वटा सामुदायिक स्वास्थ्य इकाई पुर्नस्थापना भएर स्थानीय तहमार्फत कार्य सुचारु भएका छन् ।

प्रदेश गौरवको आयोजनाको रुपमा प्रदेश रंगशालाको ट्रयाक र फिल्डको काम ५० प्रतिशत सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय भलिवल कवर्ड हलको जग निर्माणको काम भइरहेको छ ।

कर्णाली प्रदेशका १० वटै जिल्लामा ८१ वटा खेल मैदान निर्माण सुरु गरिएका छन् । सार्वजनिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ७९ वटै पालिकामा ४०० कक्षा कोठा भवनहरु निर्माण भइरहेका छन् ।

मन्त्रालय र बहिराहरुको सञ्चार समन्वयलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयमा दोभाषेको व्यवस्था गरिएको छ । चालू आर्थिक वर्षमा कर्णालीका १२३९ हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नुका साथै १० हजार २८६ बराबर स्वरोजगार बनेका छन् ।

३१० जना ब्यवसायीहरुलाई बैकमार्फत. ५७ करोड ऋण लगानी गरिएको छ । मन्त्रालयबाट २.५ करोड ब्याज भुक्तानी गरिएको छ । कर्णाली प्रदेशको भू–उपयोग योजना÷नीतिको प्रक्रिया अघाडि बढेको छ । मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रममार्फत कार्यक्रमको लागि ७९ वटा पालिकामा महिला सहकारीलाई जगेडा कोषमार्फत पुँजी परिचालन गरिएको छ ।

जाजरकोट र दैलेखमा मकै मिसन कार्यक्रम, मार्सी धान प्रवद्र्धन कार्यक्रम, भटमास र रैथाने बाली प्रवद्र्धन कार्यक्रम तथा चैते धानको क्षेत्र बिस्तार कार्यक्रम लागू गरिएको छ । कर्णाली प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली लागू गरिएको छ ।

प्रदेशमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले दैलेखमा रारा हाइड्रोपावर कम्पनीबाट उत्पादन हुने विजुली केन्द्रीय विद्युत प्रशारण लाइनमा जोडिएपछि बढीमा ५ करोड प्रदेश सरकारबाट शेयरको रुपमा लगानी सुनिश्चित गरिएको छ ।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले कर्णाली प्रदेश सरकारलाई छुट्याएको ११ लाख ७१ हजार ५०० कित्ता शेयर स्वीकार गरि लगानी सुनिश्चित गरिएको छ । १० वटै जिल्लाका ८० देखि १०० घरधुरीलाई विद्युतीय ऊर्जामा पहुँच पु¥याउन ‘वस्ती उज्यालो कार्यक्रम’ कार्यान्वयन भइरहेको छ । प्रदेश विद्युत विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको छ ।

प्रदेश सरकारका मन्त्रालयहरुको एकीकृत भवन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षभित्रै भवन निर्माण प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ । यो अवधिमा १७० किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । ३० किलोमिटर सडक स्तरोन्नति गरिएको छ भने ११.५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यहीँ अवधिमा सडक पुल सात वटा सम्पन्न भएका छन् ।

जनता आवास कार्यक्रम अन्तर्गत यस अवधिमा कुल ६१३ आवास निर्माण सम्पन्न भएका छन् भने ९७० इकाई निर्माण कार्य सम्झौता भई कार्यान्वयनमा रहेका छन् । थप २०० घरधूरी जनता आवास कार्यक्रम अन्र्तगत र विपन्न आवास कार्यक्रममार्फत २०० गरेर ४०० घरधूरी विपन्न परिवारको घर निर्माणका लागि छनोट प्रक्रियामा रहेका छन् ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷०७९ को राजश्व सङ्कलन लक्ष्य बमोजिम यस अवधिमा ६०.७३% अर्थात ३६ करोड ४४ लाख राजश्व संकलन भएको छ ।