मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २३ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

नगर प्रमुख सुवेदीद्वारा पाँच वर्षको पारिश्रमिकबाट अक्षयकोष स्थापना

२ मिनेट पढाइ
०साझा

kuse inside

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीको पाँच वर्षे कार्यकालमा राज्यबाट प्राप्त गरेको तलव भत्ता वापतको रकम विपन्न वर्गका लागि खर्चिने हुुनुभएको छ ।


सुवेदीले आफ्नो पाँच वर्षे कार्यकालमा राज्यबाट प्राप्त भएको पारिश्रमिक वापतको रु तेह्र लाख पचास हजार रुपैयाँ गरिब तथा विपन्न महिला, बालबालिका र विद्यार्थीहरुलाई सहयोग गर्ने हुनुभएको हो ।

Dailekhi urja

गरिव, विपन्न, अपाङ्ग, टुहुरा, दलित, महिला, जनजाति तथा पिछडिएको वर्ग र क्षेत्रका विद्यार्थी एवम् बालबालिकालाई विभिन्न विषय र तहको तालिम तथा प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ रविजगत फाउन्डेसको स्थापना गर्नुभएको छ ।

समुदायमा रहेका आदिवासी, जनजातिहरुको भाषा, संस्कृति तथा अधिकारको संरक्षण गर्दै दलित, उत्पीडित, सिमान्तकृत वर्ग अपाङ्ग तथा अल्पसङ्ख्यक समुदायका मानिसहरुको हकहितको लागि फाउण्डेसनले काम गर्नेछ ।

यस्तै, फाउण्डेसनले सामाजिक क्षेत्रमासमेत काम गर्नेछ । सडक, पुल, पाटी, पौवा लगायतका सामाजिक संरचनाको निर्माण तथा मर्मत संरक्षणको पूर्ण जिम्मेवारी फाउण्डेसनको रहने छ, भने कृषि तथा पर्यावरणका साथै सामूहिक समुदायिक वन, कबूलियत वन जङ्गलको संरक्षण तथा सम्बद्र्धन, जडिबुटी वृक्षरोपण, राष्ट्रिय तथा अन्तराष्ट्रिय कृषि उर्जा, जडिबुटीको सभा सम्मेलन तथा वातावरण संरक्षणमा विशेष भूमिका फाउण्डेसनको रहने सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अुनसार खेलकुद क्षेत्रमा यूवा सहभागिताका लागि काम गरी वातावरण संरक्षण अन्तर्गत लोपोन्मुख जीवजन्तु, वन्यजन्तु, वनस्पतिहरु, प्रकृतिक सम्पदाहरुको संरक्षणका लागि विशेष प्रकृति मैत्री सुरक्षा पहलमा जोड दिने उद्देश्य रहेको बताउँनुहुन्छ ।

संस्थाले प्रचलित नेपालको कानुनको अधिनमा रही सम्बन्धित निकायबाट अनुमति र इजाजत प्राप्त गरी उद्देश्य कार्यान्वयनमा काम गर्नेछ । फाउण्डेसन गैर राजनीतिक र मुनाफारहित हुने सुवेदीको भनाई छ ।

nepalgunj