समाजवादी र माओवादीबीच कुरा मिलेन स् काँग्रेस महामन्त्री केसी

सुर्खेत । सुर्खेतका नौ पालिका काँग्रेसले दावी नगरेको र बाहिर गरिएको हल्लामा सत्यता नरहेको नेपाली काँग्रेसका कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री निरञ्जन केसीले बताउनुभएको छ ।

सुर्खेतमा काँग्रेसले दुइ पालिका छोड्दा समेत दुवै दलविच आपसी नहुँदा ठोस सहमति हुन नसकेको र काँग्रेसले नौवटै पालिकामा दावी नगरेका महामन्त्री केसीले बताउनुभयो ।

‘काँग्रेसले जितेको सुर्खेतका ६ पालिकासहित सिम्ता आफुहरुले लिने सहमति भएको बताउदै केसीले लेकवेशी नगरपालिका र चौकुने गाउँपालिका आफुहरुले छोडिसकेका जानकारी दिनुभयो । उहाँले माओवादी र समाजवादीविचमै कुरा नमिल्दा दोष काँग्रेसमाथि थुपार्नु राम्रो नभएको पनि उल्लेख गर्नुभयो ।

केन्द्रीय निर्देशनअनुसार गठबन्धन कायम राख्नु पर्छ मान्यतामा नेपाली काँग्रेस कटिवद्ध रहेपनि समाजवादी र माओवादी दुवैले चौकुने नै लिन खोज्दा ठोस सहमति नभएको केसी बताउँनुहुन्छ । उहाँले सहमतिको लागि प्रयासहरु जारी नै रहेको उल्लेख गर्नुभयो ।

यसअघि नेपाली काँग्रेसले सुर्खेतका नौ वटै पालिकाहरुमा आफ्नो दावेदारीबाट पछि नहट्दा गठबन्धनभित्र सहमति जुट्न नसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण जिसी ‘जितेन्द्र’ले बताउनुभएको थियो ।