काठमाडौ । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले रोजगारी नपाएका युवालाई रोजगारी दिलाउन र रोजगारी पाएका श्रमिकलाई उचित पारिश्रमिक दिन सरकार लगायत सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनवाट निर्वाचित हुने स्थानीय तहलाई श्रमिकको हक, हित र सामाजिक सुरक्षामा जोड दिन पनि अपिल गर्नुभएकाे छ ।
१३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत रोजगारी र श्रमको मौलिक हक कार्यान्वयन गर्न आग्रह गर्दै बस्नेतले भन्नुभएकाे छ । नेपाली युवा मजदुरको सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा सहभागिताको सुनिश्चितता गर्दै उनीहरुको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी परिणाममुखी काम गर्न सम्वन्धित सबै पक्षको ध्यानाकर्षण गराएकाे उहाँले बताउनुभयो ।
आठ घण्टाको कार्य दिवस सहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदुरहरुले गरेको संघर्षको दिन १ मईलाई नेपाल लगायत विश्वभरका मजदुरहरुले मई दिवसका रुपमा मनाउँदै आएका छन् ।
खबर बजार । १८ बैशाख २०७९, आईतवार १२:१५