सुर्खेत । कर्णाली प्रदेशका १० वटै जिल्लामा मतपत्र पुगेका छन् । आइतबार बिहानसम्म कर्णालीका सबै जिल्ला अनुसार पालिकामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको हो ।
कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन आयोग नेपालबाट पठाएको मतपत्र सहित अन्य ५८ प्रकारका निर्वाचन सम्बन्धित सामाग्री १० जिल्लामा पुगेको हो ।
यस्तै, कर्णाली प्रदेशको हिमाली जिल्लामा हुम्ला, मुगु र डोल्पमा भने सुर्खेतबाट हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिएको छ ।
कर्णाली प्रेदश निर्वाचन कार्यालयका सुचना अधिकारी निर्मला देवकोटाले कर्णालीका तीन जिल्लामा हेलिकोप्टरबाट र अन्य जिल्लामा गाडीमार्फत मतपत्र ढुवानी गरिएको नेपालीरैबारलाई जानकारी दिनुभयो ।
निर्वाचन कार्यालयका अनुसार प्रदेशभरि १० लाख १ हजार २ सय ८२ मतदाता रहेका छन् ।
यस्तै, सुचना अधिकारी निर्मला देवकोटाले कर्णालीका सबै जिल्लामा रहेका भएका मतदाता भन्दा केहीँ प्रतिशत मतपत्र थपेर निर्वाचन आयोगले पठाएको जानकारी दिनुभयो।
निर्वाचन कार्यालयले मौन अवधि सुरु हुनुअघि नै सबै मतपत्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगिसक्ने जनाएको छ ।
खबर बजार । १८ बैशाख २०७९, आईतवार १५:२९