आज रातिदेखि मौन अवधि सुरु, सीमा नाका तीन दिनसम्म बन्द हुने

सुर्खेत । आँउदो शुक्रवार हुने पालिका चुनावको लागि आज रातिदेखि मौन अवधि सुरु हुदैछ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।


चुनावी प्रचारको लागि आज मात्रै बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् । यस्तै, आज मध्यराति देखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । आज राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ । चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ ।

चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै आजदेखि जाँडरक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ ।