एमाले अध्यक्ष ओली हुम्लामा

हुम्ला । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार बिहान हुम्लाको सदरमुकाम सिमकोट पुग्नुभएको छ । हिजो साँझ नेपालगञ्ज पुग्नुभएका ओली आज सिम्रिक एयरको हेलिकोप्टरमार्फत सिमकोट पुग्नुभएको छ ।


सिमकोटबाट ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि प्रस्थान गरेका छन् । ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि क्षेत्रसँगै नेपाल र चीनको सिमाना लोलुङजोङको हवाई अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

उत्तरी नाम्खाको अवलोकनपछि सदरमुकाम फिर्ता भएर सिमकोटकोमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमालेल जनाएको छ । ओलीले बृहत आमसभालाई सम्बोधन गरे लगत्तै अदानचुली गाउँपालिकाको कार्यक्रमलाई सम्बोधन गरेर फिर्ता हुने जनाइएको छ ।