

सुर्खेत । झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला पुगेर ढुंगामुढाबाट घाइते भएका मतदान अधिकृत कृष्णप्रसाद आचार्यलाई उद्धार गरिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयकाका अनुसार अधिकृत आचार्यालाई सेनाको हेलिकप्टरबाट सुर्खेत विमान स्थलामा शुक्रबार दिउँसो साढे १२ बजे पु¥याए उपचारका लागि प्रदेश अस्पताल कालागाउँमा लगिएको जनाएको छ ।
मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो । घटना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मावि मतदान केन्द्रमा भएको हो ।
अधिकृत आचार्याको ठाउँकोमा गम्भीर चोट लागेकोले रगत बगिरेको प्रहरीको भनाई रहेको छ ।

खबर बजार । ३० बैशाख २०७९, शुक्रबार १३:०६