f कांग्रेस सुर्खेतका पूर्वसभापति रेग्मीसहित ६ जनालाई कारबाही गर्न सिफरिस

कांग्रेस सुर्खेतका पूर्वसभापति रेग्मीसहित ६ जनालाई कारबाही गर्न सिफरिस

सुर्खेत । स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेसको वडा कमिटीले जिल्लाका पूर्वसभापति लगायतका क्रियाशिल सदस्यहरुलाई कारबाही गर्न सिफरिस गरेको छ ।


नेपाली कांग्रेस सुर्खेतको वीरेन्द्रनगर–१० वडा कमिटीले पूर्वसभापति कमलराज रेग्मीसहित ६ जनालाई क्रियाशिल सदस्यहरुलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न जिल्ला अनुशासन समितिलाई सिफारिस गरेको हो।

शुक्रबार बसेको वडा कमिटीको वैठकले नेपाली काँग्रेसको विधानको परिच्छेद ९ बमोजिम उक्त कारबाहीको लागि सिफारिस गरेको हो । कारबाही सिफारिस गरिएका अरु क्रियाशिल सदस्यहरुमा गोपालकृष्ण गिरी, ढाकाराम न्यौपाने, धर्मजंग थापा, रवि शाह, अब्दुल गफुर रहेका छन्।

पूर्वसभापति बाहेकका अरु पाँच जनालाई अबको पाँच बर्षसम्म वडामा हुने पार्टीका कुनैपनि गतिविधिमा सहभागी हुन नदिने निर्णय पनि गरिएको छ ।

उनीहरुले वडामा कांग्रेसबाट उठाईएका उम्मेदवारहरुलाई पराजित गराउन नेकपा एमालेसँग मिलेमत्तो गरेको आरोप लगाईएको छ ।