सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा बसेको छ।
आज दिउँसो २ बजेदेखि बालुवाटारमा कार्यदल बैठक जारी छ।
कार्यदल सदस्यसमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदल बैठक जारी रहेको र विभिन्न मोडालिटीबारे छलफल भइरहेको बताए।
गत साउन २० मा सत्ता गठबन्धनले चुनावी मोर्चा गरेर जाने निर्णय गरेका थिए। कुन दलले कति सिट लिने भन्नेबारे आधार तय गर्नका लागि बैठक बसेको हो।
‘कार्यदललाई दिएको जिम्मेवारी छिटोभन्दा छिटो सक्ने गरी छलफल जारी छ,’ उहाँले बताउनु भयाे, ‘केही दिनभित्रमै कार्यदलले काम पूरा गर्छ।’
उहाँले कार्यदल बैठकमा खुलस्त ढंगले विभिन्न मोडालिटीबारे छलफल भइरहेको जानकारी दिनुभयाे।
खबर बजार । २६ श्रावण २०७९, बिहीबार १६:४६