

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिनुहुने भएकाे छ ।
गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताउनु भयाे । ‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो,’ उहाँले भन्नुभयाे । उहाँले पार्टी एकीकरण नभई चुनाव चिह्न मात्र लिएर निर्वाचनमा भाग लिन लागेको बताउनु भयाे ।
यसअघि नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई पनि माओवादीको चिह्न लिएर निर्वाचनमा भाग लिने सहमति भइसकेको छ ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि वामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय पार्टीले गरिसकेको बताउनु भायाे ।
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन हुँदा वामदेव गौतम प्रचण्ड खेमामा हुनुहुन्थ्याे । तर सर्वोच्च अदालतले पार्टी एकता भंग गरिदिएर पूर्ववत अवस्थामा फर्किंदा गौतमले भने दुवै दललाई एकतामा ल्याउन प्रयास जारी गर्ने भन्दै १४ माघ २०७७ मा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गर्नुभएकाे थियाे ।

खबर बजार । ३१ श्रावण २०७९, मंगलवार १२:००