यो सरकार ३० दिन टिक्न मुस्किल छ : मीनबहादुर विश्वकर्मा


काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुट्ने कांग्रेसको कुनै नेताहरुले नसोचेको बताउनु भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहांले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाउनु भएको हो ।

उहांले भन्नुभयो, ‘बालुवाटार बैठकबाट एकछिन भनेर निस्कनुभएको प्रचण्डजी एकैछिनमा बालकोट पुगेर परिस्थिति अर्कै बनाउनुभयो । गठबन्धन दलले राजनीतिक स्थितरता सोचेका थियौँ । उहाँले दुभाग्यपूर्ण घटना घटाउनुभयो ।’

प्रधानमन्त्रीको दाबी पर्दैनमा भड्किएर जान नहुने उहांको भनाइ छ । यसअघि २०७४ सालमा कांग्रेससँग छलफल चलिरहेको बेलामा एमालेसँग तालमेल गर्न पुगेको बताउनु भयो ।

उहांले ओली र प्रचण्डलाई कटाक्ष गर्दै जोसँग डिभोर्स भयो त्यसैसँग पुन: विवाह भएको घटना नदेखेकाले आफूहरु आचर्य भएको बताउनु भयो । सरकार गठन भएपनि राजनीतिक स्थायित्व कायम हुन मुस्किल रहेको बताउनु भयो ।

उहांले भन्नुभयो, ‘संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । त्यो ३० दिनसम्म सरकार कसरी जान्छ । तर, ३० दिन कट्यो भनेर सरकार दुईवर्ष जान्छ । मलाई लागेको ।’