काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र संघीय संसदमा जारी अवरोधबारे छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवाले आज (आइतबार) अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ ।
खबर बजार । ३ पुष २०७८, शनिबार १२:०८