डोटीका कांग्रेसको ठूला कुरा सैह्य हुदैन:पूर्वमन्त्री आले

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आलेले स्थानीय चुनावको मत देखाएर नेपाली कांग्रेसले आफ्नो सीट खोस्न खोजेको भन्दै आपत्ति जनाउनु भएको छ ।             नेकपा एस निकट समाजवादी मगर संघको राष्ट्रिय भेलालाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै आलेले डोटीमा कांग्रेसले जिल्लामा गठबन्धन नगर्ने भनेर भेला गरिरहेको बताउनु भयो ।आलेले भन्नु भयो मेरो जिल्लामा कांग्रेसले ठाउँ ठाउँमा भेला गर्ने,गठबन्धन चाहिदैन भन्ने कुरा गरिररहेका छन् । गठबन्धन नगर्ने हो भने डोटीमा मात्र होइन ७७ जिल्लामै नगर्ने भनियोस् । होइन भने ७७ जिल्लामै गठबन्धन हुनुपर्छ ।                                                                                                हाम्रो पार्टी विद्रोहबाट आएको,स्थानीय चुनावमा ६५ मध्ये १० वडामा मात्र हाम्रा उम्ेमदवार थिए,कांग्रेसले अहिले त्यहि ३ हजार भोट देखाएर हिँडेको छ । त्यसबेला ५५ वडामा हामीले त्यतिकै छाडेका थियौं ।                                                                                        पूर्वमन्त्री आलेले जिल्लामा एक भोट प्रेम आलेलाई भन्ने जनता रहेको भन्दै स्थानीय चुनावको भोटको अर्थ नहुने बताउनुभयो । उहाँले स्थानीय चुनावअघि बालेनको कति भोट थियो ? भन्ने प्रश्न गर्दै अबको चुनावपछि नेकपा एस पहिलो पार्टी बन्ने दावी समेत गर्नु भयो । उहाँले डोटीका कांग्रेसको ठूला कुरा सैह्य नहुने बताउनुभयो ।