निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने कर्णालीका राजनीतिक दलहरुको प्रतिवद्धता

सुर्खेत । कर्णालीका राजनितिक दलहरुले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जनाएका छन । सेभ द चिल्ड्रेनको सहयोगमा बाल अधिकारका लागि साझा अभियान (सीसीआर) ले प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको निर्वाचन र बालबालिकाको सवाल विषयक राजनितिक दल र नागरिक समाजबिचको अन्तरक्रिया कार्यक्रमा सहभागी ९ राजनितिक दलहरुले आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जनाएका हुन । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र), एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल स्वतन्त्र पार्टी लगायतले बालअधिकार हनन नगर्ने सामुहिक प्रतिवद्धता जनाएका हुन ।उनिहरुले बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन भन्ने अवधाराणालाई आत्मसाथ गर्दै विद्यालयमा राजनितिक दलका कुनैपनि कार्यक्रमहरु संचालन नगर्ने उनिहरुले प्रतिवद्धता जनाएका छन ।यस्तै, बालबालिका र शिक्षकलाई कुनैपनि प्रकारका राजनितिक गतिविधिहरु धर्ना, जुलुस, आमसभा जस्ता कार्यक्रमहरुमा सहभागि नगराउने साथै विद्यालय तहमा राजनितिक दलका भातृ संगठनहरु गठन नगर्ने, बालबालिकाहरुलाई राजनितिक तवरले पक्ष विपक्षमा सहभागि नगराउने र दलगत बिचार व्यक्त गर्न नलगाउने, राजनितिक दल नेतृत्वले व्यक्त गर्ने बिचार स्वस्थ आलोचनाहरु गर्दा बालबालिका, महिला, लैङ्गि तथा यौनिक अल्प संख्यक समुदायलाई प्रत्यक्ष असर पुग्ने उखान, टुक्काहरुको प्रयोग नगर्ने र परिवार, समाज र विद्यालयमा कुनैपनि बहानामा बालबालिका विरुद्ध कुनैपनि किसिमका शाररिक सजाय, मानसिक हिंसा, शोषण, दुव्र्यवहार र भेदभाव नगर्ने प्रतिवद्धता जनाएका हुन । कार्यक्रममा बोल्दै नेकपा एमालेका नरहरीनाथ योगीले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सबै राजनितिक दलहरुले प्रारुप तयार गर्नुपर्ने बताउनुभयो ।आफ्नो पार्टीको घोषणा पत्र तयार भइरहेको भन्दै बालअधिकारका विषयलाई गम्भिरताका साथ उठाउन पहल गर्ने बताउनुभयो ।कार्यक्रममा नेपाली काँग्रेसका हजारी बादी, माओवादी केन्द्रका अर्जुन कुमार कटुवाल, राष्ट्रिय जनमोर्चाका पूर्ण शाही लगायतले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने वातावरण बनाइने बताउनुभयो ।प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले निर्वाचन आचार सहिंतालाई दलहरुले पालना गरे निर्वाचनमा बालबालिका प्रयोग नै नह्ुने बताउनुभयो ।बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष टिकाराम आचार्यले दलहरुले गरेका प्रतिवद्धता व्यवहारमा लागु गर्न आग्रह गर्दै नीति निर्माण तहमा पनि बालअधिकारको विषयलाई हल्का रुपमा लिन नहुने सुझाव दिनुभयो ।उहाले पूर्वाधार विकासलाई मात्र विकास नसोचेर बालबालिका पनि लगानी गर्न आग्रह गर्दै बालबालिकामा अहिलेको लगानी भोलीको दिगो विकास र समाज परिवर्तनका लागि हुने बताउनुभयो ।