
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलको जिल्ला अछामको नेकपा एकीकृत समाजवादी पार्टी कमिटी नै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमबाट सिंगो पार्टी कमिटी नै एमालेमा समाहित भएको हो।एमाले महासचिव शंकर पोखरेलले जिल्ला कमिटीका पदाधिकारीसहित नेतालाई पार्टीमा स्वागत गर्नु भएको हो । अछाममा समाजवादीका अध्यक्ष हिरण्य भट्टराईसहित १७५ सदस्यीय कमिटी रहेको थियो। सिङ्गो कमिटी नै एमालेमा विलय भएको छ ।अछाम एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचक भीम रावलको गृहजिल्ला हो। लामो समय माधव नेपाल निकट भएर काम गरेका नेता रावल पार्टी विभाजनको बेलामा १० बुँदे सहमति गरेर एमालेमै बस्नु भएको थियो।



खबर बजार । १० आश्विन २०७९, सोमबार १८:५३