मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

काठमाडौं–१ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवारी घोषणा गर्नु भएको छ ।

काठमाडौंको थापागाउँमा राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, महामन्त्री भुवन पाठक लगायत नेताहरूको उपस्थितिमा शुक्रबार मिश्रले उम्मेदवारी घोषणा गर्नु भएको हो ।

Dailekhi urja

घोषणा सभामा पूर्वअध्यक्ष लोहनीसहित महामन्त्री पाठक, प्रवक्ता मोहन श्रेष्ठ लगायत नेताहरू रहेको मिश्रको सचिवालयले जानकारी दिएको छ।

राप्रपासँग एकता गरी वरिष्ठ उपाध्यक्षमा नियुक्त भएको एक साता नबित्दै नेता मिश्रले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पनि मिश्र सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनुभएको थियो । तर त्यस क्रममा उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग ८ सय १८ मतान्तरले पराजित हुनु भएको थियो । नेता सिंह १० हजार ९३६ मत ल्याएर विजयी हुनु भएको थियो भने मिश्रले १० हजार ११८ मत ल्याउनु भएको थियो ।

nepalgunj