एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना पुष्टि भएको छ ।

उपाध्यक्ष पौडेलले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको छ ।

उहाँले कोरोना पुष्टि भएपछि आफू आइसोलेसनमा रहेको पनि बताउनुभएको छ ।