काठमाडौं । नेकपा एमालेले नेता भीम रावललाई टिकट नदिने भएको छ। एमाले स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।‘झपट बोहोराको नाम टुंगिएको छ, अब यही नाम अन्तिम होला’, स्रोतले भन्यो । नेकपा माओवादी केन्द्र छोडेर आउनु भएको बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज हुनुहुन्छ । अध्यक्ष केपी शर्मा ओलीले उनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाउनु भएको स्रोतले बतायो ।एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसै अनुसार, ओलीले टिकट फाइनल गर्नु भएको हो ।अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो । दशबुँदे गरी एमालेमै बस्नु भएका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुनुहुन्छ ।उहाँले गएको वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिश्पर्धा गर्नु भएको थियो । नेता रावललाई जिल्ला कमिटीले गएको २९ भदौमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरेको थियो ।
"
खबर बजार । २१ आश्विन २०७९, शुक्रबार १७:५८