जाजरकोट । नलगाड नगरपालिका– ४, सिस्नेरीकी ३५ बर्षिया सुनिता विकलाई यतिवेला दैनिक छाक टार्नै मुस्किल भएको छ । चार छोराछोरी कसरी पाल्ने भन्ने चिन्ताले उहाँलाई पिरोलेको छ ।
एक बर्ष अघि भारतको बागेश्रमा पैसा कमाउन जादा श्रीमानको मृत्यु भएको थियो । श्रीमानको मृत्युपछि सुनिता १२ बर्षपछि घर फर्केकी छन् । छोरा सुन्दर, सुनिल र छोरी पूनम र राधिका साथमा छन् ।
उनीहरुलाई अहिले दैनिक गुजरा चलाउनै मुस्लिक छ । अहिले उनी भत्केको घरमा जोखिम मोलेर बसेकी छिन् । श्रीमानको मृत्यु भैइसक्यो, उहाँ भन्नुहुन्छ , ‘चार जना छोराछोरी कसरी पाल्ने, खाने एक मुठी अन्न छैन, बस्ने घर पनि भत्केको छ ।’
यसैवीच नलगाड नगरपालिका ४ का वडाध्यक्ष बद्री पन्त सोमबार घरमै पुगेर ३० किलो चामल दिएका छन् । सुनिताको अवस्थाबारे जानकारी पाएपछि घरमै पुगेर चामल सहयोग गरेको वडाध्यक्षले चामल दिएको वडासचिव सुरेन्द्र रावलले बताउनुभयाे ।
सुनितालाई घर छुने टिनसहित थप राहतको लागि पहल गर्ने प्रतिवद्धता पनि गरिएको पनि उहाँले बताउनुभयाे । दुखमा परेका जनतालाई वडा सरकार हेर्छ अध्यक्ष पन्तले भन्नुभयाे, ‘तपाइहरुको सेवाकै लागि वडा सरकार छ, चिन्ता नलिनु होला, समस्या पर्दा खवर पाउँ वडा सरकारले सहयोग गछौ ।’पहिले
वडा अध्यक्ष पन्त लामो समय पत्रकारिता मै पनि धेरै समाज सेवा काम गर्दै आउनुभएको हाे ।
खबर बजार । ४ श्रावण २०७९, बुधबार २०:२५