आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नु भएको छ । मनोनयन दर्ताको अघिल्लो पत्रकार सम्मेलन गरेर सापकोटाले उम्मेदवारी नदिने घोषणाा गर्नु भएको हो।सापकोटाले २०६४, २०७० मा संविधानसभा सदस्य रहनु भएको सापकोटा २०७४ मा सिन्धुपाल्चोक २ बाट चुनाव जित्नु भएको थियो । यो पटक पनि उहाँ आकांक्षी हुनुहुन्थ्यो ।सत्ता गठबन्धनमा यो क्षेत्र कांग्रेसको भागमा परेको छ ।