सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (क) मा स्वातन्त्र उम्मेदवारी दिनु भएका खड्क खत्रीले फिर्ता लिनु भएको छ । खत्रीले बुधबार गुर्भाकोट नगरपालिका–८ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनु भएको हो ।
सोही निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा उम्मेवार बनेर निर्वाचन जित्नु भएका खत्री कर्णाली प्रदेशको भौक्तिक पूर्वधार तथा सहरी विकास मन्त्री समेत बन्नु भएको थियो । उहांको नाम टिकटका लागि सिफारिसमा परे पनि सिफारिसमै नपरेका एमाले नेता डण्डीप्रसाद शर्मालाई टिकट दिएपछि खबीले बागी उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
पार्टी भित्र देखिएको समस्या समाधान भएपछि खत्रीले आफुनो उम्मेदवारी फिर्ता लिएको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिनु भयो ।
यस्तै, उम्मेदवारी फिर्ता लिएसँगै खत्रीले पार्टी भित्रको कमजोरीलाई सुधार गर्दै आफुनो पार्टीबाट उम्मेदवार बनेका सुर्खेत १ प्रतिनिधि सभामा उम्मेदवार ध्रुवकुमार शाही ,प्रदेशसभा (क) मा ठम्मरबहादुर विष्ट र (ख) मा डण्प्रसाद शर्मालाई विजयी गराउँनेमा अग्रसर हुने प्रतिबद्धता जनाउनु भएको छ ।
खबर बजार । २६ आश्विन २०७९, बुधबार १५:०३