आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण अध्यक्ष ओलीले चुनावमा मलाई टिकट दिएनन्:भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको बताउनु भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहांले आफूले ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण टिकट नदिएको बताउनु भयो ।

उहांले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताउनु भयो ।