काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा मन्त्रीहरुलाई हटाउनु भएको छ । गठबन्धनबाट बाहिरिएर पनि सरकार नछाडेपछि देउवा जसपाका मन्त्रीहरुलाई हटाउनु भएको हो ।
जसपाका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएर उहांहरुको मन्त्रायको जिम्मेवारी पनि आफैंले राख्नु भएको छ । यस्तै, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)को पदावधी सकिएकाले उक्त मन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई मिलेको छ ।
राष्ट्रपति निवासका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहांहरुलाई पदमुक्त गर्नु भएको हो ।
खबर बजार । २७ आश्विन २०७९, बिहीबार १८:१७