जनकपुरधाम । संघ सरकारले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई हटाएपछि मधेस सरकारबाट पनि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरुलाई हटाउने तयारी भएको छ । सत्ता गठबन्धनबाट हटेकै निहुँमा आफ्ना मन्त्रीलाई हटाएकाले मधेसमा त्यसकाे बदला लिने जसपा स्रोतले जनाएको छ ।मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारबाट काँग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरुलाई हटाउने छलफल थाल्नु भएको छ। जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा मधेस सरकारका कृषिमन्त्री विजय यादवले कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरु नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनु भयो ।नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा नदिए हटाउने पनि मन्त्री यादवले बताउनु भयो ।मधेस सरकारमा काँग्रेसका तीन, माओवादीका २ मन्त्री र एक राज्यमन्त्री, नेकपा एसका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।उता लुम्बिनीमा भने जसपाका मन्त्री हटाउने विषयमा कुनै तयारी नभएको सरकारका प्रवक्ता संचारमन्त्री तिलकरा शर्माले बताउनु भयो । यस विषयमा कुनै छलफल नभएको उहाँले जानकारी दिनु भयो ।जसपाबाट लुम्बिनी सरकारमा तीन मन्त्री रहेकोमा जसपाबाट टिकट नपाएपछि मन्त्री सहश्रराम यादव नेपाली कांग्रेस प्रवेश गर्नु भएको छ भने मन्त्रीहरु सुमन शर्मा रायमाझी तथा पुर्मती ढेंगामगरले पनि उम्मेदवारी पाउनु भएको छैन ।
"
खबर बजार । २७ आश्विन २०७९, बिहीबार १९:२४