

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको सरकारले हरेक नेपालीको आवाजलाई सम्बोधन गरेको दाबी गरेको छ ।
पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रवक्ता प्रकाश शरण महतले गठबन्धनले देशलाई सही ट्याकमा ल्याएको दाबी गर्नु भएको हो ।
उहांले भन्नु भयो, ‘कुन परिस्थितिमा गठबन्धनको सरकार बनेको सबैलाई थाहा छ। गत साल असार निर्माण भएको गठबन्धन सरकारले छोटो समयमा देशलाई अडरमा ल्याएको छ। कोरोना नियन्त्रण, विदेश नीतिमा सन्तुलन, जनताको विषयलाई प्राथमिकता राखेको छ।’
संवैधानिक अंगमाथि भएको प्रहार गरेपछि गठबन्धन बनेको बताए। उनले गठबन्धनले हरेक नागरिकका आवाजलाई सम्बोधन गर्ने कोसिस गरिरहेको उहांले दाबी गर्नु भयो ।
उहांले संविधानले दिएको अधिकारलाई पूर्ण रूपमा लागू गरेको बताउनु भयो ।
स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगबाट गरिसकेकाले अब आगामी प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने लक्ष्य लिएको बताउनु भयो ।
उहांले भन्नु भयो, ‘हामीले सीट बाँडफाँट गरेपछि चुनावी तयारीमा जुटेका छौँ। जसपा बाहिरिएको छ।
हामीले उदारताको साथ सीट बाँडफाँट गरेका छौँ। तर, जसपा बाहिरिएको छ। उहाँहरूको मूल्यांकन जनताबाट हुन्छ।’
गठबन्धनबाट उम्मेदवारी दिएकाले मतदातालाई सचेत बनाउने लाग्नुपर्ने बताउनु भयो ।
उहांले भन्नु भयो, ‘हामीले धेरै सीटमा उम्मेदवारी दिने भन्दा पनि जित्नुपर्छ भन्ने हाम्रो धारणा हो। गठबन्धनका सबै दलहरू लाग्नुपर्छ। हामीले कांग्रेस नेतृत्वको सरकार बनाएर संविधानको रक्षा गर्ने लक्ष्य लिएका छौँ।’
गठबन्धनकै कारणले योगदान गरेका नेताहरूलाई पनि उम्मेदवार बनाउन नसकेको उहांले स्वीकार गर्नु भयो।

खबर बजार । ३१ आश्विन २०७९, सोमबार १६:४१