

काठमाण्डौं । सप्तरी प्रदेशसभा २ (२) बाट जनमत पार्टीका महेशकुमार यादव विजयी हुनुभएको छ ।
यादवले १३ हजार ३२५ मत ल्याउँदा उहांका निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादवले ७ हजार २३ मतमा प्राप्त गर्नु भयो ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका यादव पूर्वमन्त्री हुनुहुन्छ ।
जनमत पार्टीबाट विजयी हुनु भएका यादव पूर्वमाओवादी नेता हुनुहुन्छ । उहां निर्वाचनभन्दा केही समय अघि मात्र जनमतमा आउनु भएको थियो ।
सप्तरी प्रदेशसभा क्षेत्र २ (१) मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंहले जितिसक्नु भएको छ ।

खबर बजार । ६ मंसिर २०७९, मंगलवार १२:३७