काठमाडौं–९ बाट नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित

काठमाडौं । नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उहांले चौथो जित निकाल्नु भएको हो । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गर्नु भयो ।

सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा रहनु भयो ।