

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी दैलेखको अध्यक्षमा सूर्यबहादुर शाही सर्वसम्मत चयन हुनु भएको छ । जारी आठौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
उपाध्यक्षमा प्रेमबहादुर बुढा पनि सर्वसम्मत निर्वाचित हुनुभएको छ । अध्यक्ष पदमा चार जनाले उम्मेदवारी परेकोमा तिलकप्रसाद रिजाल, नन्दकिशोर बस्नेत र प्रेमबहादुर बुढाले शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।
अध्यक्षमा सर्वसम्मत चयन भएका शाही यसअघि सातौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित हुनभएको थियो । जिल्ला विकास समितिको उपसभापति हुँदै यसअघि भूमि समस्या समाधान आयोग दैलेखको अध्यक्षको जिम्मेवारी सम्हाली सकेका शाहीसँग राजनीतिको लामो अनुभव छ ।
यस्तै, अध्यक्षमा उम्मेदवारी दिएका हालका कार्यबाहक अध्यक्ष तथा पार्टी उपाध्यक्ष प्रेमबहादुर बुढा उपाध्यक्षमै दोहोरिनु भएको छ ।
दैलेखको कमिटीको सचिवमा हिमालयजंग शाह, उप–सचिवमा तारा कुमारी सोनी र भीमबहादुर बुढाक्षेत्री, साथै ८६ जना जिल्ला कमिटी सदस्य सर्वसम्मत चयन भएका छन् ।
निर्वाचित पदाधिकारी र सदस्यहरुको सुची

खबर बजार । १ फाल्गुन २०८०, मंगलवार १५:०२