पसा । पर्साको क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी निर्वाचित हुनु भएको छ । पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाएका चौधरीले निकटम प्रतिद्वन्दी नेकपा एमालेका जयप्रकाश थारुलाई पराजित गर्दै निर्वाचित हुनु भएको हो ।
यही क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका चौधरी पुन: दोहोरिनु भएको हो । उहांले संविधान सभा सदस्यसमेत रहनु भएका नेकपा एमाले पर्साका अध्यक्ष थारुलाई २ हजार ३४ मतले पराजित गर्नु भएको हो । चौधरीले ११ हजार ५ सय ८५ मत ल्याएर निर्वाचित हुँदा थारुले ९ हजार ५ सय ५१ मत प्राप्त गर्नु भएको हो ।
योसँगै पर्सा जिल्लामा २ वटा प्रदेश सभा कांग्रेसले हात पारेको छ । यसअघि पर्साको क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसकै श्याम पटेल निर्वाचित भइसक्नु भएको छ ।
खबर बजार । ६ मंसिर २०७९, मंगलवार १७:४२