गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित हुनु भएको छ ।
बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक निवाचित हुनु भएको हो । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाउनु भयो ।
बिष्टले २०३४ मतको अग्रतासहित जित हात पार्नु भएको हो । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।
झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना लाथि लागि अत्यन्तै रोमाञ्चक रहेको बताउनु भएको छ ।
उहांले मतदातालाई धन्यवाद दिंदै निर्वाचनमा विजयी भएका बिष्टलाई बधाई पनि दिनु भएको छ ।
खबर बजार । ७ मंसिर २०७९, बुधबार १३:१६