सप्तरी क्षेत्र नं. २ मा सीके राउतको जित सुनिश्चित


सप्तरी । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको जित सुनिश्चित भएको छ । गन्न बाँकी मतभन्दा बढी उहांको मतान्तर भएकाले उहांको जित निश्चित भएको हो ।

सप्तरी क्षेत्र नं. १ मा जनमत पार्टीका राउत र एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा हुनुहुन्थ्यो । राउत यादवभन्दा दोब्बर बढी मतले अगाडि हुनुहुन्छ ।

गणना जारी रहँदा राउतले ३१ हजार ९६३ मत पाउनु भएको छ, भने उपेन्द्रको मत १५ हजार ५८६ छ ।

नेपाली कांग्रेसका जयप्रकाश ठाकुरको मत ६ हजार ३६२ छ । अब गन्न बाँकी मत करिब ६ हजार छ । त्यो सबै मत प्रतिस्पर्धीले पाए पनि सीके राउतको जित निश्चित छ ।