बाराको प्रदेशसभा क्षेत्र ४ (२)बाट लोसपाका मधेश प्रदेश अध्यक्ष जीतेन्द्र सोनल निर्वाचित


बारा । बाराको प्रदेशसभा क्षेत्र ४ (२)बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश अध्यक्ष जीतेन्द्र सोनल निर्वाचित हुनु भएको छ ।

सोनल १३ हजार ५९६ मत ल्याएर निर्वाचित हुनु भएको हो । उहांका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी जसपाका आत्माराम साहले ८ हजार २६९ मत पाएउनु भएको छ ।

सोनल ०७४ मा पनि यो क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । उहां मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री हुनुहुन्छ ।