

दैलेख । दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (क) मा गठबन्धनबाट नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी हुनुभएको छ ।भण्डारीले नेकपा एमालेका तिलक प्रसाद रिजाललाई एक हजार ३ सय ५ मतले हराउनुभएको हो ।भण्डारीले जम्मा खसेको मत २२ हजार ९४२ गणना गर्दा १० हजार ८ सय मत पाउनुभएको हो ।एमालेका रिजालले ९ हजार ४ सय ९५ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभामा निर्वाचित भण्डारी पूर्व दुल्लु नगरपालिकाका प्रमुख समेत हुनुहुन्छ ।यस्तै, राप्रपाका यज्ञबहादुर थापाले ४७८, नेमकिपाका मदन भण्डारीले ३३७, हाम्रो नेपाली पार्टीका प्रेमबहादुर भण्डारीले ४७२, स्वतन्त्र पुरुषोत्तम रिजालले २७० मत ल्याउनुभएको छ ।

खबर बजार । ७ मंसिर २०७९, बुधबार १९:४५