काठमाडौं । मधेस प्रदेशमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी (लोसपा) मिलेर राष्ट्रियसभा सदस्य निर्वाचन लड्ने भएका छन् ।
आउँदो १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । बिहिवार आज धनुषाको जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर दुवै दलले गठबन्धनको घोषणा गरेका हुन् ।
एमाले प्रदेश कमिटी रामऔतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सहमति पत्रमा हस्ताक्षर गर्दै एमालेका उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रिता यादवलाई मतदान गर्न आव्हान गरेका छन् ।
एमाले सचिव रघुवीर महासेठ, मधेस प्रदेश संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनललगायतका नेता कार्यकर्ता घोषणा कार्यक्रममा सहभागी थिए ।
खबर बजार । ६ माघ २०७८, बिहीबार १०:४५