काठमाडौं । प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत कटाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा रहेको रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।
नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत ल्याएको छ ।
जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत ल्याउँदा जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत पाएको छ ।
खबर बजार । ९ मंसिर २०७९, शुक्रबार १०:५२