जनमत पार्टी गठबन्धनमा सामेल हुने


काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । बिहीबार बालुवाटारस्थित निवासमा अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो ।

भेटमा सत्ता गठबन्धनमा जनमत पार्टी पनि संलग्न हुने सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले ट्वीटरमार्फत् जानकारी दिनु भएको छ ।

‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुबैमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ निधिले लेख्नु भएको छ ।

निधि र राउतबीच बुधबार भेटवार्ता भएको थियो । त्यहाँ राउतले मधेस प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने प्रस्ताव राख्नु भएको थियो ।