राप्रपा केन्द्रीय कार्य समितिको बैठक फागुन ११ मा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।

स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको राप्रपाले जनाएको छ ।

काठमाण्डौँमा बोलाइएको बैठकमा सासामयिक विषयवस्तुमा समेत समीक्षा हुने नेता सुन्दर पाण्डेले जानकारी दिनुभएको छ । जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने कार्ययोजना छ ।

पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना छ । निवर्तमान अध्यक्ष कमल थापासहित केहि नेताहरुले पार्टी त्याग गरेपछि बोलाइएको बैठकलाई अर्थपूर्ण रुपले हेरिएको छ ।