रवीन्द्र मिश्रद्वारा चुनाव खर्च निर्वाचन आयोगमा पेस

२० मंसिर, काठमाडौं । काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राप्रपाका वरिष्ठ उपाध्यक्ष ले चुनाव खर्च आज मंगलबार निर्वाचन आयोगमा पेस गर्नु भएको छ । उहांले २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गर्नु भएको हो ।

चुनाव लड्न आर्थिक सहयोगका लागि अपिल गर्दा ३३ लाख रुपैयाँ संकलन भएको भन्दै मिश्रले चुनावमा खर्च भएर बाँकी रहेको ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा राख्ने बताउनु भएको छ ।