मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा नियुत्त

काठमाडौं । भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुभएको छ । केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थाल्नु भएका उहाँलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिएको हो ।

नेपालले आगामी महिना खेल्ने त्रिकोणात्मक सिरिजबाट देसाईले आफ्नो जिम्मेवारी थालनी गर्नुहुनेछ । उहाँसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ । यसअघि उहाँले वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गराउनु भएको थियो । देसाई सन् २०१७ को एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकार हुनुहन्थ्यो ।

देसाईसँग क्यानले २ वर्षको सम्झौता गरेको छ । यसअघि धेरै दिन उहाँको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको थियो । आज परिषदबाट सहमति आएको क्यानका सचिव दुर्गा पाठकले जानकारी दिनुभयो ।