

धनगढी । कैलालीमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा बेहोस भएका युवकको मृत्यु भएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टका अनुसार थुनुवा कक्षमा बेहोस भएर ढलेका बुद्धिराम चौधरीलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पु¥याइएको थियो । भन्सार छलीको आरोपमा सामानसहित पक्राउ परेका धनगढी उपमहानगरपालिका– ८ का बुद्धिराम चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार अवैध सामानसहित पक्राउ परेका चौधरीलाई भन्सार कार्यालयको जिम्मा लगाइएको थियो । भन्सार कार्यालयले अनुसन्धान नसकिएकोले थुनामा राखिदिन आग्रह गरेपछि उनी हिरासतमै थिए ।
चौधरीको मृत्युको कारण नखुलेको बताउँदै प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

खबर बजार । ६ जेष्ठ २०८१, आईतवार १२:४४