२४ मंसिर, काठमाण्डाै । नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फ पाएको ३४ सिटमा सांसद सिफारिस गरेको छ । आज सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरी नर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।
एमालेबाट समानुपातिकतर्फ सांसद बन्नेहरु यसप्रकार छन्
आदिवासी जनजाति पुरुषतर्फ: देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई ।
आदिवासी जनजाति महिलातर्फ: नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा
खस आर्य पुरुषतर्फ: रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही
खस आर्य महिलातर्फ : मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनीता बराल
थारु तर्फ: आश्माकुमारी चौधरी, शान्ति चौधरी
दलित पुरुष तर्फ: ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा,
दलित महिला तर्फ: रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा
मधेशी पुरुष तर्फ: गंगाप्रसाद यादव, अमृतलाल राजवंशी
मधेशी महिला तर्फ: विना देवी, अमृता अग्रहरि र प्रतीक्षा तिवारी मुखिया
मुस्लिम तर्फ: सराज अहमद खान
खबर बजार । २४ मंसिर २०७९, शनिबार १८:४२