देउखुरीमा लम्बिनी प्रदेशको स्थायी राजधानीको शुभारम्भ


दाङ । दाङको देउखुरीमा लम्बिनी प्रदेशको स्थायी राजधानीको शुभारम्भ गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्दै बुधबार स्थायी राजधानी दाङको देउखुरीबाट कार्य प्रारम्भ भएको घोषणा गर्नु भयो ।

योसँगै प्रदेश राजधानी कार्यान्वयन भएको घोषणा गरिएको छ ।

प्रदेश राजधानी स्थान्तरण भएको खुसियालीमा स्थानीय कलासंस्कृति झल्किने झाँकी तथा समेत प्रदर्शन गरिएको छ । राजधानी स्थानान्तरणको स्वागत गर्न भन्दै स्वागत गेट निर्माण गरिएका छन् ।

२०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो ।

स्थायी राजधानी तोकेको दुई वर्षपछि अहिले देउखुरी उपत्यकामा प्रदेश सरकार स्थानान्तरण गर्ने काम भइरहेको छ । मंसिर ९ गते मात्र बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय देउखुरीमा स्थानान्तरण गरिएको थियो ।

साविकको राप्ती प्राविधिक शिक्षालयको परिसरलाई प्रदेशको प्रशासनिक केन्द्र बनाइएको छ ।