संवैधानिक इजलासलाई संसदका महासचिवको जवाफ : प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाअभियोग निष्क्रिय हुन्छ


काठमाडौं । संघीय संसदका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पठाउनु भएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव निस्प्रभावी भएको भन्दै पत्र दिएपछि विवादमा परेका गौतमसँग सर्वोच्च अदालतको फुल कोर्ट र संवैधानिक इजलासले उक्त पत्र दिनुको कारणबारे जवाफ माग गरिएको थियो ।

आइतबार संवैधानिक इजलासमा लिखित जवाफ पठाउँदै गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि उक्त प्रतिनिधिसभाको अन्य बिजनेससँगै महाअभियोग प्रस्ताव पनि निष्क्रिय हुने दावी गर्नु भएको छ ।

उहांले विधेयक निष्क्रिय हुने प्रावधानले प्रतिनिधिसभाका अरु बिजनेस र प्रस्ताव पनि अर्को प्रतिनिधिसभा नजाने जिकिर गराउनु भएको छ ।

महासचिव गौतमले आफूले महाअभियोग निष्प्रभावी भएको भनी आफूले निर्णय गरेको नभई यथार्थ स्थिति सम्बन्धित निकायलाई जानकारी मात्र गराएको दावी गर्नु भएको छ ।