सांसदहरूको सपथग्रहण पुस ७ गते


काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको सपथग्रहण पुस ७ गते बिहीबार हुने भएको छ । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार प्रतिनिधिसभाको बैठक कक्षमा दिउँसो १ बजे ज्येष्ठले सदस्यले सपथग्रहण गराउने कार्यतालिका छ ।

ज्येष्ठ सदस्य भने सचिवालयले टुंगो लगाएको छैन । महन्थ ठाकुर, चित्रबहादुर केसी र पशुपतिशमशेर जबरा सबैभन्दा बढी उमेरका सांसद हुन ।

मातृभाषामा सपथग्रहण गर्न चाहने सांसदले तीन दिनअघि नै संसद सचिवालयमा जानकारी गराउनुपर्ने महासचिव गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।